काठमाडौं/१२ बैशाख – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतले दिएको आदेश शिक्षक नेताहरूको हठका विरुद्धमा बताएका छन् । हठ त्यागेर अनौपचारिक रूपमा भएको सहमतिलाई औपचारिकता दिएर शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण तयार गरौँ भन्दो सो कुरा बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा उक्त आदेश पछि सरकारका लागि अदालतको आदेशको कार्यान्वयन गर्नु पर्ने वाध्यता उत्पन्न भएको उल्लेख गरेका छन् । कतिपय शिक्षक नेताहरू उत्त आदेश सरकारका लागि हो भनेर तर्क गरिरहनु भएको भन्दै आदेश सरकारलाई, विद्यालय बन्द भएको कुरा प्रति, परीक्षा रोकिएको कुरा प्रति, सरकार र राजनीतिक दलले विद्यालय शिक्षा ऐन यस अधिवेशनबाट जारी गर्दछौ भन्दा पनि लिएर मात्र जाने हठ गर्ने शिक्षक नेताहरूको हठका विरुद्धमा रहेको बताए ।
उनले लेखेका छन् ‘सर्वोच्च अदालतले बालबालिकाको भविष्यका वारेमा गम्भीर चिन्ता गर्दै निर्देशनात्मक आदेश दिएछ । कतिपय शिक्षक नेताहरू उक्त आदेश सरकारका लागि हो भनेर तर्क गरिरहनु भएको छ । हो आदेश त सरकारलाई हो । तर चिन्ता विद्यालय बन्द भएको कुरा प्रति हो । परीक्षा रोकिएको कुरा प्रति हो । सरकार र राजनीतिक दलले विद्यालय शिक्षा ऐन यस अधिवेशनबाट जारी गर्दछौँ भन्दा पनि लिएर मात्र जाने हठ गर्ने शिक्षक नेताहरूको हठका विरुद्धमा पनि हो । अव हठ त्यागेर अनौपचारिक रूपमा भएको सहमतिलाई औपचारिकता दिएर शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण तयार गरौँ ।
उक्त आदेश पछि सरकारका लागि अदालतको आदेशको कार्यान्वयन गर्नु पर्ने वाध्यता उत्पन्न भएकोछ । उक्त आदेशको मूल पक्ष विद्यालय र परीक्षा समयमै सञ्चालन गर्नु हो । सबै पक्ष जिम्मेवार बनौँ ।’



