काठमाडौँ /१० बैशाख – प्रतिनिधिसभाको बर्खे अधिवेशनका बैठक शनिबारबाहेक सबै दिन बसाल्ने प्रस्ताव भएको छ । सभामुख देवराज घिमिरेले बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गरेका हुन् ।
आज बसेको मुख्य दलका प्रमुख सचेतकहरूको बैठकमा यस्तो प्रस्ताव गरेको जानकारी दिईएको छ ।



