काठमाडौं/१० बैशाख – धादिङको थाक्रे गाउँपालिकाले सबै जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक संघका पदाधिकारी, सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले अनिवार्य रुपमा आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ ।
बैशाख ७ गते बसेको गाउँपालिकाको कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको हो ।
यसैगरी शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा रहेकोले पठनपाठनमा प्रभावित भएको भन्दै नयाँ शैक्षिक सत्र लागू गर्नका लागि भर्ना अभियान थाल्ने निर्णय गरेको छ ।



