काठमाडौँ /९ बैशाख – राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा मिति सार्ने भएको छ । पछिल्लो समयको घटनाक्रमलाई हेरेर र शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सारिएको हो ।
यस विषयमा बोर्डको आज बिहान बसेको बैठक परीक्षा नसर्ने जनाएपनि अन्तिम समयमा आएर परीक्षालाई केही दिन पछाडि धकलेको छ । यसबारेमा केही बेरमा बोर्ड विस्तृत जानकारी दिने जनाएको छ ।



