कोहलपुर नगरपालिका भित्रका सबै विद्यालयमा भर्ना कार्यक्रम स्थगित गर्ने प्रअहरूको निर्णय

कोहलपुर/२ बैशाख – नेपाल शिक्षक महासङ्घको काठमाडौं केन्द्रीत सडक आन्दोलनलाई समर्थन गर्दै कोहलपुर नगरपालिका भित्रका सामुदायिक विद्यालयका सबै प्रधानाध्यापकहरूले भर्ना तथा नतिजा प्रकाशन कार्यक्रम स्थगन गर्ने निर्णय गरेका छन् । नगरपालिका शिक्षक महासङ्घको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।


कोहलपुर नगरपालिका भित्रका सबै प्रधानाध्यापकहरूको आज बसेको बैठकले राजधानी केन्द्रीत आन्दोलनलाई समर्थन गर्दै नेपाल शिक्षक महासङ्घ केन्द्रीय समितिले गरेका सबै कार्यक्रमलाई अक्षरशः पालना गर्ने निर्णय गरेको छ ।