काठमाडौं/ ४ चैत – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले मौका परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि परीक्षा आवेदन फाराम भर्ने समय थप गरेको छ ।
परीक्षा आवेदन फाराम भर्ने समय यही चैत १ गतेसम्म कायम गरिएकोमा आसन्न स्व.वि.यु. निर्वाचनको कारण अधिकांश क्याम्पसहरुमा परीक्षा आवेदन फाराम भर्न नसकेको गुनासो आएपछि समय थप गरेको हो ।
वार्षिक परीक्षा प्रणाली अन्तर्गत मौका परीक्षा (२०८१) मा सहभागी हुने परीक्षार्थीहरुको दोब्बर शुल्कमा चैत ८ गतेसम्मका लागि समय थप गरिएको विश्वविद्यालयले जनाएको छ ।
‘त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा संचालित वार्षिक परीक्षा प्रणाली अन्तर्गत मौका परीक्षा (२०८१) मा सहभागी हुने परीक्षार्थीहरुको दोब्बर शुल्कमा परीक्षा आवेदन फाराम भर्ने समय २०८१ चैत्र १ गतेसम्म कायम गरिएकोमा आसन्न स्व.वि.यु. निर्वाचनको कारण अधिकांश क्याम्पसहरुमा परीक्षा आवेदन फाराम भर्न नसकेकोले उक्त समय २०८१ चैत्र ८ गतेसम्म कायम गर्ने त्रि.वि.केन्द्रीय परीक्षा संचालक समितिको निर्णय अनुसार सम्बन्धित सबैलाई सूचित गरिन्छ सूचनामा भनिएको छ ।’



