शिक्षामन्त्रीको स्वास्थ्यमा सुधार, काममा फर्किन केही दिन लाग्ने

काठमाडौं/२३ फागुन-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको स्वास्थ्यमा सुधार हुँदै गएको जनाइएको छ । घाटीमा समस्या भएपछि शल्यक्रिया गरिएको उनको स्वास्थ्यमा सुधार जानकारी दिइएको हो ।


मन्त्री भट्टराई घाटीमा समस्या भएपछि फागुन ९ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएकी थिइन । उनको फागुन १५ गते घाटीको शल्यक्रिया गरिएको थियो । भट्टराईको आज अस्पतालमा उपस्थित भएर टाका खोलिएको र केही दिनको आराम पछि पुनः काममा निस्किने बताएकी छन् ।