काठमाडौँ /१८ फागुन – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यक्रम तथा बजेटका लागि आधारभूत विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ । विगतका वर्षदेखि नै वार्षिक कार्यक्रम तथा बजेटका लागि आधारभूत विवरण संकलन भइरहेको जानकारी गराउँदै अद्यावधिक गर्न अनुरोध गरेको हो ।
केन्द्रले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक कार्यक्रम तथा बजेट तयारीको प्रारम्भ भएकाले सम्बन्धित स्थानीय तहकोIEMIS मा लगइन गरीLocal Level मेनुको Form / School Form मा गई सबै विवरण फागुन मसान्तभित्र अनिवार्यरूपमा प्रविष्टि गरी पठाउन केन्द्रले अनुरोध गरेको छ ।
साथै, विवरण नभरेका कारण स्थानीय तहमा निकासा हुने रकममा कुनै फरक परेमा स्थानीय तह स्वयम् जिम्मेवार हुनेमा केन्द्रले भनेको छ ।




