केआईईटीमा समस्या भएर नेपाल फर्किएका विद्यार्थीले त्रिविमा क्रेडिट ट्रान्सफर गर्न सक्ने

काठमाडौं /१३ फागुन – त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले केआईईटी विश्वविद्यालयमा समस्यामा परेका विद्यार्थीले क्रेडिट ट्रान्सफर गरेर अध्ययनलाई निरन्तरता दिन पाउने जनाएको छ ।


भारतको उडिसा राज्यको भुवनेश्वर स्थित केआईईटीमा श्रृजना भएको समस्याका कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीहरूले त्रि.वि.मा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा क्रेडिट ट्रान्सफर गर्न सक्ने निर्णय गरेको हो ।


ईच्छुक विद्यार्थी एवम् अभिभावकहरूले [email protected], [email protected] ईमेल ठेगानामा सम्पर्क गर्न सक्नुहुने विश्वविद्यालयले जानकारी दिएको छ ।