काठमाडौँ /५ फागुन – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्यब्सन) १६ औं राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते हुने भएको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा महाधिवेशन हुने प्यब्सनले जनाएको हो ।
उक्त महाधिवेशनमा सहभागी हुनका लागि विधानमा तोकिएका प्रतिनिधिहरूले यही फागुन ११ गते भित्रमा आफ्नो रजिस्ट्रेसन अनलाइन मार्फत गरिसक्न प्यब्सनले सबै प्रतिनिधिहरूलाई निर्देशन दिएको छ । साथै उक्त समय सीमा भन्दा पछि दर्ता हुने प्रतिनिधिले मतदान गर्न नपाउने महासचिव आरबी कटवालले जानकारी दिइका छन् ।
प्यब्सनका अध्यक्ष डिके ढुङ्गानाले प्रमुख सल्लाहकार, वरिष्ठ सल्लाहकारहरू, सल्लाहकारहरू, केन्द्रीय कार्यसमिति, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, पालिका कार्यसमितिका पदाधिकारीहरू, विधानले तोकेका महाधिवेशन प्रतिनिधिहरू सबैलाई सूचना अनुसार गर्न रजिस्ट्रेसन गराउन आग्रह गरेका छन् । साथै अनलाइन माध्यमबाट रजिस्ट्रेसन हुने हुँदा समय सीमा नागेपछि सिस्टम आफै बन्द हुने र त्यसपछि कुनै रजिस्ट्रेसन गर्न पाइने उनले बताए ।



