डिजिटल ट्याक्सोनोमी (Digital Taxonomy)

काठमाडौं/५ फागुन – डिजिटन संसारले वर्तमान अवस्थामा सिकाइ र शैक्षिक क्रियाकलापहरुमा परिवर्तनको नेतृत्व गरेको छ । सिकाइमा डिजिटल ट्याक्सोनोमी महत्वपूर्ण रहेको छ । डिजिटल ट्याक्सोनोमीको वर्गीकरणले हालको शिक्षा प्रणालीमा प्रभावहरू पार्दै गएको छ। विद्यार्थीहरूका लागि आगामी सिकाइमा यसको महत्व बढदै जानेछ । डिजिटल ट्याक्सोनोमी शिक्षण–सीप (pedagogy) र प्रविधिको संयोजन गर्ने अवधारणा हो। यसले सूचना प्रविधिको प्रयोगबाट हुने सोच्ने क्षमताको वर्गीकरण गर्दछ । विद्यार्थीहरूको उच्चस्तरीय सोच विकास गर्न, समस्या समाधान गर्ने क्षमता बढाउन सहयोग गर्छ ।

BloomÚs Taxonomy को अद्यावधिक रूपलाई डिजिटल युगमा अनुकूल बनाएर ICT मार्फत सिकाइ प्रक्रिया सुधार गर्ने अवधारणालाई समेट्न सकिन्छ । एन्ड्रयू चर्चले २००८ मा शिक्षकहरूलाई सिक्ने लक्ष्यहरू र डिजिटल उपकरणहरू प्रयोग गर्ने सामग्रीहरू निर्माण गर्न बेन्जामिन ब्यूमको डिजिटल वर्गीकरणको विकास गरे। यो मूल ब्लूमको वर्गीकरणको संशोधन हो, जुन डिजिटल युगलाई सहयोग गर्न डिजाइन गरिएको हो । डिजिटल ट्याक्सोनोमीलाई ब्लमचभध ऋजगचअजभक ले प्रस्ताव गरेका हुन् । जसले Andrew Churches लाई प्रविधिमा आधारित बनाएका थिए । डिजिटल युगमा विद्यार्थीहरूलाई एकाइसौं शताब्दीको सीपको विकास गर्न डिजिटल टैक्सोनोमी महत्वपूर्ण मानिन्छ ।


डिजिटल ट्याक्सोनोमीका तहहरू


(क) Remembering (स्मरण गर्ने) ः तथ्य, परिभाषा, तथ्याङ्क र जानकारी आदि सम्झनुलाई जनाउँछ । जस्तो ऐतिहासिक घटना सम्झनु, सूत्र स्मरण गर्नु आदि ।
डिजिटल कार्य : Google search, bookmarking, highlighting, note–taking apps प्रयोग गरेर जानकारी लिने । जस्तो : विद्यार्थीहरुले अनलाइन स्रोतहरूको खोजी गरेर कुनै पनि विषयवस्तुका बारेमा जानकारी संकलन गर्न सक्छन् ।


(ख) Understanding (बुझने) : जानकारीलाई बुझ्न र अर्थ निकाल्न सक्ने क्षमता हुनुलाई जनाउँछ । जस्तो : कथा बुझेर त्यसको सार भन्नु, ग्राफ विश्लेषण गर्नु आदि ।
डिजिटल कार्य : Blogging, summarizing tools, mind mapping, social media discussion जस्तो विद्यार्थीहरूले नयाँ सिकाइलाई ब्यग लेखन वा माइन्ड म्याप बनाएर व्यक्त गर्न सक्छन् ।


(ग) Applying (प्रयोग गर्ने) : ज्ञानलाई व्यावहारिक रुपमा प्रयोग गर्नुलाई जनाउँछ । जस्तो सुत्र प्रयोग गरी गणना गर्नु, नयाँ वाक्य बनाउनु आदि ।
डिनिटन कार्य : Simulations, presentations, interactive quizzes, spreadsheets प्रयोग गरेर देखाउन सक्छन् । जस्तोः विद्यार्थीहरूले विषयको प्रकृति अनुसार प्रयोगशालाका डिजिटल सिमुलेसनहरू प्रयोग गरेर प्रयोगात्मक कार्य गर्न सक्छन् ।


(घ) Analyzing (विश्लेषण गर्ने) : जानकारीलाई विभिन्न भागहरूमा विभाजन गरी सम्बन्ध बुझ्नुलाई जनाउँछ । जस्तो : एउटा कथामा मुख्य पात्रको भूमिका छुट्याउनु आदि ।
डिजिटल कार्य : Data analysis software, infographics, surveys, spreadsheets जस्तो : विद्यार्थीहरूले विभिन्न अनलाइन डेटा स्रोतहरूको तुलनात्मक अध्ययन गर्न सक्छन् ।


(ङ) Evaluating (मूल्याङ्कन गर्ने) : निर्णय लिन वा मूल्याङ्कन गर्न सिकाइको प्रयोग गर्नुलाई जनाउँछ। जस्तै : कुनै विषयमा तर्क प्रस्तुत गर्नु, पुस्तक समीक्षा गर्नु आदि ।
डिजिटल कार्य : Peer reviews, online discussion forums, polls, blogs जस्तो : विद्यार्थीहरूले अनलाइन बहस फोरमहरूको उपयोग गरी मूल्याङ्कन सम्बन्धी कार्य गर्न सक्छन् ।
(च) Creating (सिर्जना गर्ने) : नयाँ विचार वा सिर्जनात्मक कार्य उत्पादन गर्नुलाई जनाउँछ। जस्तै : निवन्ध लेख्नु, कुनै परियोजना तयार गर्नु आदि ।
डिजिटल कार्य : Website designing, video editing, podcasting, coding जस्तो विद्यार्थीहरूले अनलाइन ब्लग, भिडियो वा वेबपेज सिर्जना गरेर आफ्ना विचार प्रस्तुत गर्न सक्छन् ।


डिजिटल ट्याक्सोनोमीको महत्व


१. उच्च स्तरको सोच विकास गर्न : डिजिटल ट्याक्सोनोमीले विद्यार्थीहरूले जानकारी मात्र नदिई विश्लेषण, मूल्यांकन र सिर्जना गर्ने क्षमतामा सुधार ल्याउन सहयोग गर्छ ।


२. प्रविधिमैत्री शिक्षण प्रक्रिया : यसले शिक्षकलाई प्रविधिको प्रयोग गरेर सहभागीमूलक (Interactive) र प्रभावकारी शिक्षण विधि अपनाउन मदत गर्छ ।


३. सिर्जनात्मकताको विकास : विद्यार्थीहरूलाई प्रविधिको प्रयोग गरी नयाँ सामग्री सिर्जना गर्न सिकाउने भएकाले सिर्जनात्मकता (Creativity) र नवीनता (innovation) को भावना बढाउँछ ।


४. डिजिटल साक्षरता (Digital Literacy) को प्रवर्धन : विद्यार्थीहरूले प्रविधिलाई सही तरिकाले प्रयोग गर्न सिक्ने भएकाले डिजिटल साक्षरता बढ्छ ।


५. जीवनपर्यन्त सिकाइ (Independent & Lifelong Learning) : डिजिटल ट्याक्सोनोमीमा आधारित शिक्षणले विद्यार्थीलाई स्वतन्त्र रूपले सिक्ने क्षमता विकास गर्ने हुँदा आजीवन सिक्ने प्रवृत्ति विकास गर्न सहयोग गर्छ ।


६. समस्या समाधान गर्ने समता (Problem–Solving Skills) को विकास : प्रविधिको प्रयोगले विद्यार्थीहरूलाई तथ्यहरू, विचारहरू र समाधानहरूलाई तुलना गर्न, परीक्षण गर्न र सुधार गर्न सहयोग गर्छ ।


७. मूल्याङ्कन (Assessment) मा सुधार : डिजिटल ट्याक्सोनोमीको प्रयोगले सहभागीमूलक मूल्याङ्कनलाई जोड दिन्छ ।


निष्कर्ष
डिजिटल वर्गीकरण शिक्षण–शिक्षण प्रक्रियामा प्रविधिको उपयोगलाई व्यवस्थित गर्ने एक पद्दति हो। यसले विशेष गरी ब्लूमको वर्गीकरणलाई डिजिटल युगअनुसार परिमार्जन गरी सिर्जना, मूल्यांकन, विश्लेषण, अनुप्रयोग, बुझाइ र स्मरणलाई प्रविधिसँग जोड्छ । शिक्षक र विद्यार्थीलाई डिजिटल उपकरण, स्रोत र प्रविधिहरूको प्रभावकारी उपयोग गर्न मद्दत गर्दछ । यो वर्गीकरणले विद्यार्थीलाई सोच्न, सिर्जना गर्न, सहकार्य गर्न, प्रविधि–आधारित निर्णय गर्न र डिजिटल साक्षरताको स्तर वृद्धिमा सहायता गर्छ । डिजिटल युगको शिक्षणलाई प्रभावकारी बनाउन यसले सामाजिक सञ्जाल, मल्टिमिडिया, अनलाइन स्रोत, कृत्रिम बुद्धिमत्ता र अन्य प्रविधिहरूको समावेशीकरणमा जोड दिन्छ ।


(लेखक खिलानाथ धमला पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत हुनुहुन्छ ।)