काठमाडौँ /५ फागुन – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै विद्यालयमा गुनासो पेटिका राख्न निर्देशन दिएको छ । विद्यालय उमेरका बालबालिकाहरूमाथि यौन दुव्र्यवहार, शोषण, तथा लैङ्गिक हिंसाका समाचारहरू निरन्तर आइरहेको जनाउँदै सो निर्देशन दिएको हो ।
यस्ता गतिविधिलाई निरुत्साहित गरी विद्यालय हाताभित्र तथा विद्यालयबाहिर विद्यार्थीमाथि हुने सबै प्रकारका भेदभाव, दुव्र्यवहार, शोषण, मानसिक तथा शारीरिक दण्डसजाय तथा लैङ्गिक हिंसा न्यूनीकरण गर्न गुनासो सुनुवाइ कार्यविधि, २०७४ (संशोधन २०७७ सहित) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्धारा कार्यान्वयनमा ल्याइएको समेत केन्द्रले स्मरण गराएको छ ।
‘कार्यविधि अनुसार प्रत्येक विद्यालयमा विद्यार्थीहरूको गुनासो सुनुवाइ व्यवस्थित गर्न अनिवार्य रूपमा गुनासो पेटिका राख्नुहुन र एकजना शिक्षक (सम्भव भएसम्म महिला शिक्षक) लाई लैङ्गिक सम्पर्क विन्दु तोक्ने जस्ता प्रावधानहरूको कार्यान्वयन गर्ने व्यवस्थाका लागि अनुरोध छ’ सूचनामा भनिएको छ ।



