काठमाडौं/२४ माघ – त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालयले तीन र चार वर्षे स्नातक तथा स्नातकोत्तर तहको मौका परीक्षाका लागि आवेदन फारम खुलाएको छ ।
वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ देखि र सेमेस्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसिमा काटेका परीक्षार्थीका लागि एक पटक मौका परीक्षाको अवसर दिने उदेश्यले आवेदन फारम खुलाएको हो ।
परीक्षामा सहभागी हुनका लागि वार्षिक परीक्षा प्रणाली अनुसार २०८१ सालमा सञ्चालन हुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानून संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ४ वर्षे र ३ वर्षे स्नातक तह प्रथम, द्वितीय, तृतीय र चौथो र स्नातकोत्तर तह प्रथम, दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरूले आ–आफ्नो क्याम्पसमा २०८१ साल माघ २४ गतेदेखि फागुन २३ गते सम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोव्वर दस्तुर सहित आवेदन फाराम भरी बुझाउनु पर्ने त्रिविले जनाएको छ ।



