तात्यो विद्यालय कर्मचारी परिषद् : सुर्खेतमा बृहत् भेला हुँदै

काठमाडौँ /२२ माघ – मुलुकभरका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा २०२९/०३० सालदेखि नै स्थायी नियुक्ति प्राप्त कर्मचारी पेन्सन लगायतका सुविधा विहीन अवस्था, शिक्षा ऐन २०२८ को संशोधनको बाहानमा गरिएको कानुनी बाधा र २०६६/०७/११ पछि हालसम्मको राज्यको सौतेनी व्यवहार एवम् हाल सम्मका शैक्षिक आन्दोलन तथा विद्यालय कर्मचारी आन्दोलनहरूका सहमति, सम्झौताहरूलाई राज्यको ढाँट, छल तथा आलटाल नीतिका कारण आजसम्म पनि अपहेलित जस्तो हुनु परेको छ ।


सामुदायिक विद्यालयहरूमा कम्तीमा एक जना लेखापाल कर्मचारी दरबन्दी र सो दरबन्दीमा कार्यरत कर्मचारीको भविष्यको विषयमा राज्य गम्भीर नहुनुले विद्यालय कर्मचारीलाई राज्यले हेर्ने दृष्टिकोण प्रस्ट बुझिन्छ ।


यसैगरी गतिविधि शून्य उपलब्धिमा परिणत हुनु राज्यको विश्वव्यापी लज्जास्पद शैक्षिक नीति, रणनीति अन्तर्गत एक अध्ययनले प्रमाणित गरेको छ भने फितलो शैक्षिक नीति र अनुत्पादक शैक्षिक लगानी एवम् कमिसनको खेतीयोग्य भूमि नेपालको शिक्षा नीति बन्दै गएको आम पेसाकर्मीहरूको साझा बुझाई बन्दैछ । शिक्षा क्षेत्रमा देखिएका तमाम समस्या समाधान गर्न र सङ्घीयताका लागि भएपनि सङ्घीय शिक्षा ऐन जारी होस भन्ने हाम्रो साझा ठम्याइ हो ।


२०२८ को शिक्षा ऐनलाई शिक्षाको मूल कानुनी दस्ताबेजलाई स्विकार्नु पर्ने हो भने २०४७ को संविधान स्विकार्ने र अस्वीकार्य समूह बीचको सम्मानित संसदमा किन सांसद पदको दुरुपयोग अभिव्यक्ति ?

कुनै टालो १ ठाउँमा गाँसिए फेसन वा युनिक डिजाइन मानिन्छ भने त्यस्तै टालो सय ठाउँमा टाल्दा कपडाको अर्थ र औचित्य नै समाप्त हुन्छ भने झै शिक्षा ऐन २०२८ को औचित्य समाप्त भईसकेको लोकतन्त्री पार्टी झुन्ड अदूरदर्शी सरकारले जाने बुझेको खै ?


कुनै टालो १ ठाउँमा गाँसिए फेसन वा युनिक डिजाइन मानिन्छ भने त्यस्तै टालो सय ठाउँमा टाल्दा कपडाको अर्थ र औचित्य नै समाप्त हुन्छ भने झै शिक्षा ऐन २०२८ को औचित्य समाप्त भईसकेको लोकतन्त्री पार्टी झुन्ड अदूरदर्शी सरकारले जाने बुझेको खै ?


अझै कहिले बुझ्ने ?


विद्यालय कर्मचारी परिषद् स्थापना पूर्व र स्थापना पश्चात् के–के भए , के–के हुनु पर्ने थिए, के–के भएन भन्ने विषय कारक तत्वा के हो, को–को हुन भन्ने विषयमा निश्चित रूपमा सघन छलफलपछि टुङ्गो लाग्ने छ । सबैमा विश्वास दिलाउन चाहन्छु वर्तमान संवेदनशील घडीमा यो वा त्यो, तेरो र मेरो, राम्रो कि नराम्रो, घाटाकी फाईदा भनेर आमाको कोक्रोबाट ब्रह्माण्डको गतिविधि पत्तो नहुने भएकाले सम्पूर्ण विद्यालय कर्मचारीका प्रमुख नेतृत्व, नेतृत्व र सम्पूर्ण साधारण सदस्यहरूबिचको सुमधुरता, सामञ्जस्ययता र सामीप्ययता हुन नितान्त आवश्यक छ । मातहतका कमिटी नेतृत्वले उपल्लो कमिटीको नेतृत्वको निर्देश पालना गर्नु हुन वा पुस्ट्याई पठाउन हुन वर्तमान समयको आवश्यकता राष्ट्रिय समितिले यहाँहरू सबैका माझ प्रस्ट गर्दछ ।


राज्यको द्वन्द्वात्मक शैली र सस्तो लोकप्रियताको होडबाजीका कारण शिक्षामा चरम बेथिति एवम् शैक्षिक उपलब्धिका विषयमा यत्र तत्र सर्वत्र नकारात्मक टिप्पणी हुने गरेको पाइन्छ । स्वयं राज्यले बनाएका विद्यालय कर्मचारी (लेखापाल र कार्यालय सहयोगी) बालविकास शिक्षक, राहत शिक्षक, साविकको उमावि शिक्षक, प्राविधिक शिक्षक, अनुदान कोटा शिक्षक, खेलकुद शिक्षक, मोटिभेस्नल शिक्षक, स्वास्थ्य शिक्षक आदि थुप्रै शिक्षक कर्मचारीको व्यवस्थापन गर्ने सवालमा राजनीतिक क्रेडिटका खातिर गरिएको कच्चा शैक्षिक नीतिले शिक्षा क्षेत्रमा गुणस्तरीय र टिकाउ तथा बिकाउमा पृथकीकरण बन्दै गएको विभिन्न घटना क्रमले प्रस्ट हुँदै गएको छ ।

त्यसैले यही आगामी फागुन ७ गते कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा हुने विद्यालय कर्मचारीहरूको बृहत् भेलामा कर्णाली प्रदेश अन्तर्गतका दश वटै जिल्लाका कर्मचारीहरूमा अनिवार्य उपस्थितका लागि अनुरोध गरिन्छ ।


त्यसैले यही आगामी फागुन ७ गते कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा हुने विद्यालय कर्मचारीहरूको बृहत् भेलामा कर्णाली प्रदेश अन्तर्गतका दश वटै जिल्लाका कर्मचारीहरूमा अनिवार्य उपस्थितका लागि अनुरोध गरिन्छ । बाँकी ६ ओटा प्रदेश भेला फागुन १५ गतेसम्म हुने भएकोले सम्पूर्ण प्रदेश अध्यक्षहरूलाई प्रदेशवाईज आम भेलालाई थप सशक्त र व्यवस्थित बनाउनेतर्फ सबैको ध्यान जान समेत राष्ट्रिय समिति हार्दिक अनुरोध गर्दछ ।


शान्ति नाथ योगी
महासचिव
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति काठमाडौँ ।