कक्षा ११ को विषय दर्ता आवेदन खुला, अर्को वर्षदेखि शुल्क नलाग्ने

काठमाडौं/१३ पुस – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को विषय दर्ता आवेदन फाराम पुन खुला गरेको छ । विषय दर्ता आवेदन शुल्क लिने वा नलिने विषयमा निर्णय हुन नसक्दा रोकिएको दर्ता यो वर्षका लागि शुल्क लिने गरी खुला गरेको हो ।


शैक्षिक सत्र २०८१/८२ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको विषय दर्ता (रजिस्ट्रेसन) आवेदन फाराम प्रविष्ट एवं बुझ्ने र बुझाउने सम्बन्धी कार्य पुस मसान्तभित्र गर्न बोर्ड सूचना जारी गरेको छ । दर्ता साविक बमोजिम नै विषय दर्ता वापतको रकम ( विलम्ब शुल्करहित) बोर्डका सम्बन्धित कार्यालयको खातामा अनलाईनमार्फत वा सोझै बैँकमा दाखिला गरी आगामी माघ ०७ गतेभित्र सम्बन्धित विद्यालयमार्फत आवेदन फाराम अनलाईन इन्ट्रि गरी बैंक भौचर वा अनलाईनबाट रकम तिरेको भौचर र विषय दर्ता (रजिस्ट्रेसन) आवेदन फाराम सहित बोर्डको सम्बन्धित कार्यालयमा बुझाउन सकिने छ ।


बोर्डले अर्को शैक्षिक सत्र देखि कक्षा ११ मा विषय दर्ता आवेदन शुल्क नलिने निर्णय गरेपनि यो आर्थिकको मध्य समयमा भएका कारण शुल्क नलिने निर्णय गरेको थियो । साथै शुल्क वापतको रकम आगामी आर्थिक वर्षमा सरकारले व्यवस्था गरेको खण्डमा वा वैकल्पिक माध्यमबाट रकमको व्यवस्था गरेर भएपनि विषय शुल्क नलिने निर्णय गरेको हो ।


हेर्नुहोस सूचना