प्युठान/८ पुस – प्राज्ञिक विद्यार्थी परिषद् नेपालले श्री बालतपस्वी वेद गुरुकुलमं स्वर्गद्वारी प्युठानमा शैक्षिक सामग्री वितरण गरेको छ ।
आइतवार विद्यार्थी परिषद् स्वर्गद्वारी विभागले बालतपस्वी वेद गुरुकुलमंमा अध्ययनरत विद्यार्थीहरूलाई उक्त शैक्षिक सामग्री वितरण गरेको विद्यार्थी परिषद्का लुम्बिनी प्रदेश सचिव मनिष बञ्जाडेले जानकारी दिएका छन् ।
वितरण कार्यक्रममा विद्यार्थी परिषद्का केन्द्रिय सदस्य शरद कुमार शर्मा, लमही नगर अध्यक्ष मधु न्यौपाने ,प्रमुख अतिथि गुरुकुलमंका प्राचार्य आदरणीय गुरु डा. मधुसुधन ढुंगाना ,अतिथि वडा प्रहरी कार्यालयका सई धर्म बहादुर खड्का ,लुम्बिनी प्रदेश सचिव मनिष बन्जाडे लगायत गुरुकुलमा अध्ययनरत एक सय जना विद्यार्थीहरूको उपस्थिति रहेको परिषद्ले जनाएको छ ।