काठमाडौं/८ पुस – शिक्षक सेवा आयोगले गण्डकी प्रदेश अन्तर्गत निम्नमाध्यमिक तहको शिक्षक पदका लागि उम्मेदवार सिफारिस गरेको छ । शिक्षक पदका लागि २०८१ पुस १ गतेदेखि सञ्चालन गरिएको गण्डक प्रदेशबाट अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरूको लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कका आधारमा सफल भएका उम्मेदवारहरूलाई सिफारिस गरिएको हो ।
आयोगले गण्डकी प्रदेश अन्तर्गतका निम्नमाध्यमिक तहमा नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित, विज्ञान र संस्कृत भाषामा शिक्षक सिफारिस गरेको जनाएको छ ।
शिक्षक सेवा आयोगबाट २०८० फागुन २ गते प्रकाशित विज्ञापन अन्तर्गत निम्नमाध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदका लागि २०८१ पुस १ गतेदेखि सञ्चालन गरिएको अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरूको शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ (१) बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कका आधारमा सफल भएका उम्मेदवारहरूको नाम स्थायी नियुक्तिका लागि सिफारिस सहित योग्यता क्रम यस आयोगको पुस ६ गतेको निर्णयानुसार प्रकाशित गरिएको जनाएको छ ।
अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरूले आफ्नो नतिजाको प्राप्ताङ्क हेर्न चाहेमा आयोगको वेबसाइट www.tsc.gov.np को “नतिजा ” मा गई १४ गतेसम्म हेर्न सकिनेछ जनाएको छ ।