काठमाडौं/८ पुस – काठमाडौं महानगरपालिकाले विद्यार्थीहरूलाई न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा सहभागी गराउने भएको छ । महानगरपालिका केन्द्रीय कार्यालय र अन्तर्गतका वडा कार्यालयहरूमा सेवाग्राहीको आवश्यकता अनुसार निःशुल्क कानुनी सेवा प्रवाह गर्न न्यायिक सहजकर्ता ( इन्टर्न) का रूपमा सहभागी गराउने भएको हो ।
काठमाडौँ महानगरपालिकाले न्यायिक सहजकर्ता ( इन्टर्न) का रूपमा कार्य गर्न कानुन क्याम्पसमा अध्ययनरत (कम्तीमा तीन वर्ष अध्ययन गरिसकेका ) इच्छुक विद्यार्थीहरूलाई विद्यार्थीहरूलाई निवेदन पेस गर्न आह्वान गरेको छ ।
विद्यार्थीले पुस १७ गतेसम्म काठमाडौँ महानगरपालिका कानुन तथा मानव अधिकार विभागमा निवेदन, नागरिकताको प्रतिलिपि, कानुन क्याम्पसमा तीन वर्ष अध्ययन गरिसकेको शैक्षिक प्रमाणपत्र, अध्ययनरत विद्यार्थीको हकमा सम्बन्धित क्याम्पसको सिफारिस कागजात सहित निवेदन पेस गर्न सक्ने छन् ।