परीक्षा केन्द्र कायम

काठमाडौं/३ पुस – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा तहको अटोमोबाइल र सर्भे इन्जिनियरिङ कार्यक्रमको नियमित परीक्षाको परीक्षा केन्द्र कायम गरेको छ ।


परीक्षा आवेदन फाराम भरेका प्रि–डिप्लोमा तहका आङ्गिक, साझेदार तथा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम र निजी स्तरमा सम्बन्धन/स्वीकृति प्राप्त गरी सञ्चालन भएका शिक्षालयहरूको १८ (१५ + ३) महिना अवधिका अटोमोबाइल र सर्भे इन्जिनियरिङ कार्यक्रम तथा प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रमको नियमित तर्फको परीक्षा केन्द्रहरू कायम गरेको हो ।


प्रकाशित परीक्षा तालिका अनुसार पुस ८ गते बिहान ८ः०० बजेदेखि सञ्चालन हुने सैद्धान्तिक परीक्षाहरू सम्बन्धित परिषद्, प्रदेश कार्यालयको सिफारिसमा परीक्षा केन्द्रहरू कायम गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।