विद्यालय कर्मचारी परिषद् पनि ईआईको सदस्य

काठमाडौं/२५ मंसिर – नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति अन्तर्राष्ट्रिय शिक्षक÷शिक्षा कर्मीहरूको सङ्गठन एजुकेशन इन्टरनेशनल (ईआई)को सदस्य भएको छ । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरू अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिनिधित्व गर्ने उदेश्यले सदस्य भएको बताइएको छ ।


लामो समयको प्रतीक्षा पश्चात्को अभियान पछि नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति यही मंसिर २१ गतेदेखि अन्तर्राष्ट्रिय शिक्षक÷शिक्षा कर्मीहरूको सङ्गठन एजुकेशन इन्टरनेशनल (ईआई)कोे सदस्यता प्राप्त गर्न सफल भएको परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए ।