अर्लिचाइल्ड एजुकेशन सिम्फोजियम २०२४ सम्पन्न

काठमाडौं/२३ मंसिर – अर्लिचाइल्ड एजुकेशन सिम्फोजियम २०२१ आयोजना भएको छ । शिक्षालय मासिक तथा अपिनको आयोजनामा सम्पन्न भएको उक्त सिम्फोजियममा दुइवटा कार्यपत्र प्रस्तुत भएको हो ।


कार्यपत्र प्रस्तुतकर्ताहरुमा पाठ्यक्रम विकास केन्द्र (सिडिसि) का निर्देशक सालिकराम भूषाल र सेन्ट जेवियर्स स्कुल जाउलाखेलका प्रिन्सिपल बोनिफेस तिग्गा रहेका थिए । सिडिसिका निर्देशक भूषालले शिशु कक्षा र बालबालिकासम्बन्धी नीतिगत व्यवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले शिशु कक्षा सञ्चालनसम्बन्धी हालको अवस्था र अवको मार्गको विषयमा केन्द्रित थिए ।


यसैगरी अर्का कार्यपत्र प्रस्तुतकर्ता बोनिफेस तिग्गाले अन्तर्राष्ट्रिय स्तरमा भएको शिशु कक्षासम्बन्धी प्रयास र कार्यान्वयनसम्बन्धी प्रस्तुत गर्नुभएका थिए । सिकाईलाई व्यावहारीकरणका लागि अन्य देशका अभ्यासलाई तथा शिशुहरुले घरमा प्राप्त भएका ज्ञानलाई शिशु कक्षामा गरिने सर्वाङगिण विकासका विषयमा विभिन्न प्रिस्कुलबाट प्रतिनिधिहरुसँग छलफल गरेका थिए ।


सिम्फोजियममा शिशु कक्षामार्फत बालबालिकाहरुमा सकारात्मक प्रभाव परेको सहभागीले बताएका छन् । विशेषगरी घरमा खाना खान नमान्ने बालबालिकाहरुले विद्यालयमा बालबालिका समूहमा बसेर खाना खाने, उनीहरुलाई सामाजिकीकरणमा मद्दत पुगेको निष्कर्ष निकालिएको छ । यसैगरी नीतिगत व्यवस्थालाई स्पष्ट बनाउनुपर्ने र प्रिस्कुलको सहभागिता नभएकोले सहभागिताको लागि प्रयास हुनुपर्ने सहभागीहरुको भनाई थियो ।