शिक्षकको कार्यसम्पादन मूल्याङ्कन फारम सहज र अझ प्रभावकारी बनाइने

काठमाडौं/२३ मंसिर – शिक्षक सेवा आयोगले शिक्षकको कार्यसम्पादन मूल्याङ्कन फारम सहज र अझ प्रभावकारी बनाउन छलफल अगाडी बढाउने तयारी गरेको छ । शिक्षकको कार्यसम्पादन मूल्याङ्कन फारम भर्दा स्पष्ट बुझाईमा कठिन रहेको र बढुवा प्रक्रियाका फारम हेर्दा केही समस्या देखिएकोले यसलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको देखिएकोले परिमार्जन गर्ने तयारी गरेको हो ।


आयोगका उपसचिव गेहनाथ गौतमका अनुसार शिक्षकको कार्यसम्पादन मूल्याङ्कन फारम आयोगको नियमावलीको अनुसूची १ अनुसार चार खण्ड रहेको र त्यसमा शिक्षकले फारम भर्ने बुझाउने, मूल्याङ्कन गर्ने, अभिलेख गर्ने लगायतका कार्यमा शिक्षकको कार्यसम्पादन मूल्याङ्कन फारम स्पष्ट नभएको गुनासो आएकोले यस बारेमा छलफल गरेर मात्रै अगाडी बढ्ने संकेत गरे ।