पूरक परीक्षाका लागि परीक्षा आवेदन फाराम खुला

काठमाडौं/२० मंसिर – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४ वर्षे स्नातक तह चौथो वर्षको पूरक परीक्षामा सहभागी हुनका लागि परीक्षा आवेदन फाराम खुला गरेको छ । वार्षिक परीक्षा प्रणालीअनुसार मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षको आवेदन खुला गरेको हो ।


२०८० को वार्षिक परीक्षामा सम्मिलित नियमित परीक्षार्थीहरूले स्नातक तह प्रथम वर्ष, द्वितीय वर्ष, तृतीय वर्षको परीक्षा दिई मंसिर १९ गतेभित्र सबै विषय उत्तीर्ण गरिसकेका तर २०८० सालमा सञ्चालित नियमित चौथो वर्षको परीक्षामा बढीमा दुई विषय मात्र उत्तीर्ण हुन नसकेका विद्यार्थीले आवेदन फारम भर्न सक्ने जनाएको छ ।


साथै परीक्षामा अनुपस्थित भएका समेत विद्यार्थीहरूले चौथो वर्षको पूरक परीक्षामा सहभागी हुन पाउने छन् । परीक्षार्थीले २०८१ साल मंसिर २६ गतेभित्र सम्बन्धित क्याम्पसमा आफ्नो परीक्षा आवेदन फाराम भरी बुझाउन त्रिविले सूचनामा उल्लेख गरेको छ ।


विस्तृत विवरण कार्यालयको website :  www.tuexam.edu.np मा हेर्न सकिनेछ ।