काठमाडौँ /१८ मंसिर – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले मार्कसिट डिजिटल हस्ताक्षर सहित सम्बन्धित क्याम्पसबाटै प्रिन्ट गर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट प्रवाह गर्ने सेवालाई क्रमशः डिजिटलाइजेशन गर्दै लैजाने अवधारणा अनुरूप मार्कसीटहरू सम्बन्धित क्याम्पसबाटै प्रिन्ट गर्न सकिने व्यवस्था गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालयले २०८० सालमा सञ्चालित स्नातक तह चौथो वर्षका वार्षिक परीक्षा प्रणाली अन्तर्गतका परीक्षार्थीहरूको प्रकाशित नतिजाको मार्कसिट सम्बन्धित क्याम्पसबाटै प्रिन्ट गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।
साथै मंसिर १९ गतेदेखि सम्बन्धित क्याम्पसले आफ्नो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको मार्कसिट क्याम्पसलाई उपलब्ध गराइएको पोर्टलको रिजल्ट मेनु छनोट गरी मार्कसिट विकल्पमा गइ प्रिन्ट गर्न गरेर विद्यार्थीलाई उपलब्ध गराउन अनुरोध गरेको छ ।