शिक्षक सेवा आयोगको परीक्षामा सफल हुन कस्ता सामग्री अध्ययन गर्ने ?

काठमाडौं/३० कार्तिक – शिक्षक सेवा आयोगको परीक्षामा सफल हुनका लागि परीक्षाको तयारी कसरी गर्ने शिक्षक सेवा आयोगबाट लिइने अध्यापन अनुमति पत्र, खुला र बढुवा प्रतियोगितात्मक परीक्षाको तयारी कसरी गर्दा सफल भइन्छ भन्ने विषयमा चर्चा गरिएको छ ।


सिकाइ कहिल्यै पनि सोझोबाटो हिंडदैन् । तपाईंले अध्ययन गरेको विषयवस्तु परीक्षामा आएको प्रश्नमा जोडेर लेख्न सक्नु पर्छ । हामी परीक्षामा पुगे पछि परीक्षा कठिन हुन्छ भनेर हतोत्साही हुन्छौं । जसले अध्ययन गरेका विषयवस्तुलाई कमजोर बनाउँछ । सिकाई मासमा हुन्छ, लेखाई व्यक्तिगत हुन्छ । व्यक्तिगत लेखाईलाई अरुको भन्दा फरक सिर्जनात्मक बनाउनु पर्छ । हरेक विषयमा नयाँ कुरा खोज्न सक्नुपर्छ ।


सिकाइ भनेको ज्ञान, सीप र अनुभव प्राप्त गर्ने प्रक्रिया हो । जसमा व्यक्ति नयाँ कुरा बुझ्न, व्यवहार बदल्न, र चुनौतीहरू समाधान गर्न सक्षम हुन्छ । जसले व्यक्तिको सोच, व्यवहार र क्षमतामा सकारात्मक परिवर्तन ल्याउँछ ।


सिक्नका लागि कसरी तयारी गर्ने ?
सिक्नका लागि तयारी गर्न लक्ष्य निर्धारण गर्नुपर्छ । सिकाइका लागि आधिकारिक सामग्रीहरू छनोट गर्नुपर्छ । नियमित अध्ययन तालिका बनाउनुपर्छ । सकारात्मक सोच राख्नुपर्छ । यसका लागि ध्यान र आत्म–अनुशासन आवश्यक हुन्छ । जिज्ञासा बढाउन प्रयोगात्मक अभ्यास गर्नुपर्छ । कमजोरीबाट सिक्नका लागि आत्म–मूल्यांकन गर्न सक्नु पर्छ ।


कसै कसैले जति सिक्न खोजेपनि सिक्न सक्दैनन् ? यसका लागि कसरी सिक्न सकिन्छ ?
कसैले जति सिक्न खोजेपनि सिक्न नसक्नुका कारणहरूमा ध्यानको कमी, सही विधि नअपनाउनु, आत्मविश्वासको अभाव वा डर समावेश हुन सक्छ । सिक्न सफल हुन नियमित अभ्यास, सकारात्मक सोच, र जिज्ञासा जरुरी हुन्छ । सही सिकाइ रणनीति अपनाउनु जस्तो कि चरणबद्ध सिकाइ, प्रयोगात्मक विधि र सहयोगी वातावरणमा अभ्यास–सहायक हुन्छ । यसका साथै, कठिनाइहरूलाई चुनौतीको रूपमा लिएर निरन्तर प्रयास गर्नु र आत्म–मूल्यांकन गर्नुपर्छ । जसले प्रगति सम्भव बनाउँछ ।


सिकाइका लागि डि लर्निङ, लर्निङ र रिलर्निङ सबैभन्दा महत्वपूर्ण पक्ष हो । जसले जस्तालाई पनि सिकाइमा सफल बनाउँछ । डि लर्निङ – सिकेका कुरा बिर्सने, लर्निङ – सिक्ने,रिलर्निङ – दोहोर्‍याउने ।


परीक्षामा सफलताकालागि कस्ता सामग्रीहरु अध्ययन गर्नु पर्छ ?
१.पाठ्यक्रम अनुसारका आधारिक शैक्षिक सामग्रीहरु ।
२.शैक्षिक मनोविज्ञान, बाल विकास र सिकाइका सिद्धान्तहरू।
३.विषयगत ज्ञान, विशेष गरी पढाउनुपर्ने वर्गको लागि आवश्यक विषयहरू ।
४.पाठ योजनाहरू र शिक्षण विधिहरू ।
५.नेपालको संविधान, शिक्षा नीति र समसामयिक सामाजिक मुद्दाहरू ।
६.पुराना प्रश्नपत्र र नमुना प्रश्नपत्रहरूको अभ्यास ।
७. यसले परीक्षामा राम्रो तयारीमा सहयोग गर्छ ।


हेर्नुहोस भिडियोमा