काठमाडौं/३० असोज – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको सामान्य परीक्षाको अनलाइन दरखास्त फाराम भर्ने म्याद थप गरेको छ । अनलाईन दरखास्त फाराम भने परीक्षार्थीको चाप बढेपछि म्याद थप गरेको हो ।
आयोगबाट गत भदौँ ३१ गते प्रकाशन गरेको विज्ञापन अनुसार असोज २९ गते सिंगल दस्तुरमा दरखास्त फारम भर्ने समय तोकेको थियो । थप गरेको समय अनुसार सिंगल दस्तुरमा फरामा भर्ने अन्तिम मिति कार्तिक २ गते कायम गरी दस्तुर तिर्ने समयावधि कार्तिक ४ गते सम्म कायम गरेको छ ।
त्यसैगरी डबल दस्तुरमा फरामा भर्ने अन्तिम मिति कात्तिक ३ गतेदेखि ६ गतेसम्म दस्तुर तिर्ने समयावधि कात्तिक ७ गतेसम्म कायम गरेको छ ।



