काठमाडौं/२९ असोज – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ । यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ शिर्षक : शिक्षा सम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्था
विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
५. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा शिक्षासम्बन्धी स्थानीय तहका जिम्मेवारीहरूको व्याख्या गर्नुहोस् । यसले शिक्षा व्यवस्थापनमा ल्याएको सुधार र सकारात्मक पक्षहरु लेख्नुहोस् ।
६. अनिवार्य तथा निशुल्क शिक्षा ऐन, २०७५ ले नेपालको शिक्षा प्रणालीमा गरेका सुधारहरू के के हुन् ? यस ऐनले शिक्षामा पारेको सकारात्मक प्रभावको विश्लेषण गर्नुहोस् ।
७. अनिवार्य तथा निशुल्क शिक्षा नियमावली, २०७७ का मुख्य विशेषताहरु लेख्नुहोस् । यसले शिक्षामा सुधार गर्न खेलेको भूमिका उल्लेख गर्नुहोस् ।
८. विद्यालय शिक्षा सम्बन्धी संघ, प्रदेश र स्थानीय तहका कानुनी जिम्मेवारीहरूको प्रयोगको वर्तमान अवस्थाको विवेचना गर्नुहोस् ।



