एसईईमा नन ग्रेड आउनेले पनि प्रि–डिप्लोमा पढ्न पाउने

काठमाडौं/१ कार्तिक – एसईई परीक्षामा एन जि आएका विद्यार्थीहरूले पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का प्रि–डिप्लोमा कोर्समा अध्ययन गर्न पाउने भएका छ्न ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना प्रकाशित गरेर एसईईमा एनजी आए पनि सिटिइभिटीमा प्रि–डिप्लोमा पढ्न पाईने नयाँ व्यवस्था गरिएको जनाएको छ ।


यस अघि सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आफ्नो वेबसाइट https://itms.ctevt.org.np:5580/ मार्फत एनजी आएका विद्यार्थीहरूले सिटिइभिटी अन्तर्गतका प्रि–डिप्लोमा अध्यापन हुने शिक्षण संस्थामा सम्पर्क गर्न समेत अनुरोध गरेको थियो ।


हेर्नुहोस सूचना