काठमाडौं/१७ असोज – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ शिर्षक : शिक्षाका समसामयिक मुद्दाहरू
विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. लोकतन्त्रको सफलताका लागि शिक्षाको भूमिका के रहेको हुन्छ ? लोकतान्त्रिक समाजमा शिक्षाले कसरी नागरिकलाई सशक्त बनाउँछ ? स्पष्ट पार्नुहोस् ।
२. शिक्षाको माध्यमबाट विपद् व्यवस्थापनका सिपहरू सिकाउने उपायहरू के–के हुन् सक्छन् ? विद्यालयस्तरमा विपद् व्यवस्थापन शिक्षाको आवश्यकता र महत्वका बारेमा लेख्नुहोस् ।
३. नैतिक र नागरिक शिक्षाको महत्व के रहेको छ ? यसले सामाजिक विकास र जिम्मेवारीपूर्ण नागरिकता निर्माणमा कसरी सहयोग पु¥याउँछ ? व्याख्या गर्नुहोस् ।
४. अभिभावक शिक्षाको उद्देश्य र यसको आवश्यकताका सम्बन्धमा चर्चा गर्नुहोस् । अभिभावक शिक्षा कार्यक्रमहरूले बालबालिकाको शैक्षिक प्रगति र समग्र विकासमा कसरी योगदान दिन्छ ।
हेर्नुहोस भिडियो



