शिक्षकको बढुवा : शिक्षामा नवीनतम् चिन्तन सम्बन्धी विषयगत नमूना प्रश्नोत्तर (सेट ११.१)

काठमाडौं/१५ असोज – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यव्रmम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ शिर्षक : शिक्षामा नवीनतम् चिन्तन


विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. समावेशी शिक्षा भनेको के हो ? यसको कार्यान्वयनमा देखिने चुनौतीहरूका साथै समाधानका उपायहरू लेख्नुहोस् ।


२. मानव अधिकारमा आधारित शिक्षाको अवधारणालाई परिभाषित गर्नुहोस् ? यसको कार्यान्वयनको पद्धति र समाजमा यसले पार्ने प्रभावको बारेमा विश्लेषण गर्नुहोस् ।


३. शिक्षामा लैङ्गिक समता र समानताबीचको भिन्नता लेख्नुहोस् । लैङ्गिक समता र शिक्षामा समानताका लागि भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रयासहरूको चर्चा गर्नुहोस् ।


४. खुला र दूर शिक्षाको अवधारणाका बारेमा व्याख्या गर्नुहोस् । यसले परम्परागत शिक्षाको शिक्षण पद्धतिसँग तुलना गर्दा यसबाट हुने फाइदाका बारेमा लेख्नुहोस् ।


हेर्नुहोस भिडियोमा