काठमाडौं/१३ असोज – देशभर उत्पन्न भएको मौसमको प्रतिकुलताका कारण त्रिभुवन विश्वविद्यालयले असोज १३ गते सञ्चालन हुने स्नातक तहका सबै परीक्षा स्थगित गरेको छ ।
असोज १० देखि सञ्चालनमा रहेको मानविकी, शिक्षाशास्त्र तथा व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत स्नातक तह दोस्रो वर्षको परीक्षा स्थगित गरेको हो ।
त्यसैगरी आंशिक तर्फको बि.ए., बि.एड. बि.बि.एस. र बि.एस्सीको असोज १३ गते हुने परीक्षा स्थगित गरिएको जनाएको छ । स्थगित गरिएको परीक्षा असोज २१ मा सोही परीक्षा केन्द्र र समयमा सञ्चालन हुने त्रिविले सूचनामाउल्लेख गरेको छ ।