काठमाडौं/१३ असोज – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ शिर्षक : पाठ्यक्रम तथा पाठ्यसामग्री
विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. विद्यालय तहका पाठ्यक्रमहरूको अध्ययन तथा विश्लेषण गर्दै प्राथमिक तहको पाठ्यक्रमको मुख्य विशेषताहरू वर्णन गर्नुहोस् । यस पाठ्यक्रमले विद्यार्थीहरूको समग्र विकासमा कसरी सहयोग गर्छ ?
२. प्राथमिक तहको विद्यमान पाठ्यपुस्तकहरूको समीक्षा गर्नुहोस् । पाठ्यपुस्तकको सामग्री, संरचना तथा प्रस्तुतिले शिक्षण सिकाइ प्रक्रियामा कस्तो प्रभाव पार्छ ? उदाहरणसहित व्याख्या गर्नुहोस् ।
३. पाठ्यक्रममा आधारित शिक्षणको अवधारणा स्पष्ट पार्नुहोस् । एक शिक्षकले पाठ्यक्रममा आधारित शिक्षणलाई प्रभावकारी रूपमा कक्षाकोठामा कसरी लागू गर्न सक्छ ? यसको चुनौती र समाधानहरू चर्चा गर्नुहोस् ।
४. बहुपाठ्यपुस्तक प्रणालीको अवधारणा के हो ? यसको महत्व र नेपालमा वर्तमानमा भइरहेको अभ्यासलाई विश्लेषण गरी भावी दिशाका बारेमा आफ्नो धारणा प्रस्तुत गर्नुहोस् ।