कृषि, बागवानी र पशु चिकित्साको प्रवेश परीक्षा स्थगित

काठमाडौँ /१२ असोज – त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानले प्रवेश परीक्षा स्थगन गरेको छ । आजका लागि तोकिएको स्नातक तहको प्रवेश परीक्षा अविरल वर्षाका कारण स्थगित गरेको हो ।


कृषि, वागवानी र पशु चिकित्सा स्नातक तह भर्नाको प्रवेश परीक्षा प्रतिकुल मौसमको कारणले गर्दा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गरिएको जनाएको छ ।