शिक्षकको बढुवा सम्बन्धी विषयगत नमूना प्रश्नोत्तर (सेट-७.१)

काठमाडौं/५ असोज – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ शिर्षक : शैक्षिक योजना तथा व्यवस्थापन


विषयगत प्रश्नोत्तरहरु


तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. शैक्षिक व्यवस्थापन भनेको के हो ? शैक्षिक व्यवस्थापनको अवधारणा र सिद्धान्तहरूको आधारमा विद्यालय शिक्षामा प्रभावकारी कार्यान्वयन कसरी गर्न सकिन्छ ? व्याख्या गर्नुहोस् ।


२. शैक्षिक योजना भनेको के हो ? शैक्षिक योजना तर्जुमा र विकास गर्ने क्रममा अपनाइनु पर्ने प्रमुख चरणहरू के के हुन् ? शैक्षिक योजना तर्जुमा गर्ने क्रममा विविध समुदायका आवश्यकता र सन्दर्भलाई कसरी सम्बोधन गर्न सकिन्छ ? लेख्नुहोस् ।


३. विद्यालय सुधार योजना भनेको के हो ? विद्यालय सुधार योजना र गाउँ÷नगर शिक्षा योजनाको तर्जुमा र कार्यान्वयनका प्रमुख पद्धतिहरू के–के हुन् ? विद्यालय सुधार योजनाको सफल कार्यान्वयनका लागि आवश्यक स्रोत साधन र रणनीतिहरूका बारेमा लेख्नुहोस् ?


४. शैक्षिक योजनामा सरोकारवालाको सहभागिता किन महत्वपूर्ण मानिन्छ ? सरोकारवालाको सहभागिताले योजना कार्यान्वयनमा कस्तो प्रभाव पार्छ ?


हेर्नुहोस भिडियो