सदन नचलेसम्म निरन्तर शिक्षा विधेयकमाथि छलफल गरिने

काठमाडौं/४ असोज – शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा विधेयकको छलफललाई सबै दलका सचेतक, सभामुखलाई राखेर अगाडि बढ्न सकिने भन्दै यस विषयमा छिटो छलफल गर्नुपर्ने बताएका छन् । शुक्रबार विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँगको छलफल जस्ताको त्यस्तै टेबुल गर्न नसकिँने भन्दै सो कुरा बताएका हुन् ।


साथै दशैं–तिहारपछि वा सदन नचलेसम्म निरन्तर रूपमा विधेयकमाथि छलफल अगाडि बढाउने बताएका छन् । त्यसैगरी जस्ताको त्यस्तै टेबुल गर्न पनि नसकिने र त्यसका लागि अबको शिक्षाको मोडल कस्तो हुने, यसभित्र प्रवेश कसरी गराउने भन्ने विषयमा दफावार छलफल गरेर अध्ययन गरेर कसरी जान सकिन्छ भन्ने कुरा समितिभित्रै प्रवेश गराउन सकिने बताए ।


उनले भने, ‘यो शिक्षा विधेयकलाई व्यवस्थित गर्ने हो भने हामी निरन्तर रूपमा अगाडि बढ्नुपर्ने हुन्छ । विधेयकलाई कसरी समितिले टेबुल गर्ने हो त्यसमा ध्यान दिनुपर्छ र यो जस्ताको त्यस्तै टेबुल गर्न पनि सकिँदैन । यसलाई अबको शिक्षाको मोडल कस्तो हुने, यसभित्र प्रवेश कसरी गराउने भन्ने विषयमा दफावार छलफल गरेर अध्ययन गरेर कसरी जान सकिन्छ भन्ने कुरा समितिभित्रै प्रवेश गराउन सक्छौँ, सकिएन भने सबै दलका सचेतक, सभामुखलाई राखेर अगाडि बढ्न पनि सकिन्छ ।’