पाठ्यक्रम र परीक्षाको रिभ्यु गर्न लागेका छौँ : शिक्षा मन्त्री भट्टराई

काठमाडौं/५ असोज – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पाठ्यक्रम र परीक्षाको रिभ्यु गर्न लागिएको बताएकी छन् । परीक्षाको कक्षा १२ को पूरक परीक्षा सकिएपछि र पाठ्यक्रमको रिभ्युका लागि योजना बनाइ सकिएको मन्त्री भट्टराईले बताएकी हुन् ।


पाठ्यक्रम रिभ्युका लागि सबै भन्दा पहिला सर्वे गरिने र सर्वेबाट आएका कुराहरूलाई अनलाइन मार्फत सार्वजनिक गरेर सुझाब मागिने बताएकी छन् । सुझाब मागिएपछि केन्द्रमा मात्रै बनाइएको रोस्टर जिल्ला, प्रदेशदेखि तयार गरिने योजना मन्त्रीको रहेको बताइन ।


त्यसैगरी लेटर ग्रेडिङ हरेक वर्षै पिच्छे फेर्ने गरिएको बताउँदै आन्तरिक मूल्याङ्कन निर्देशिका आवश्यक रहेको सुझाब मन्त्रालय कर्मचारीहरूले दिएको उनको भनाई छ । उनले भनिन् ‘लेटर ग्रेडिङ हरेक वर्ष फेरछौँ । २०८० सम्म एउटा गरेउँ, यसपालि एउटा गरेउँ, अहिले फेरी परीक्षा प्रणालीमै समस्या हो भन्दै गर्दा, ३५ भनेर कटअफ राखेका कारण समस्या आएको भन्ने बहस सुनिएको छ । यसै विषयमा पाठ्यक्रमका कर्मचारीहरूले आन्तरिक मूल्याङ्कन निर्देशिका आवश्यक रहेको मलाई सुझाब दिनु भएको छ ।’


साथै विद्यालयमा तह अनुसारको ग्रेड हेर्नुपर्ने व्यवस्था नीतिमा भएपनि अहिलेसम्म नहेरिएको उल्लेख गर्दै अबदेखि आन्तरिक मूल्याङ्कनमा कक्षामा कति असाइनमेन्ट गर्यो भन्ने मात्रै हेरेर नपुग्ने बताइन । कम्तीमा कक्षा ६ देखि ८ को विद्यार्थीमा उसले घरमा गर्ने व्यवहार, अभिभावक महिनाको पाँच दिन विद्यालय पुग्ने वातावरण बनाउनु पर्ने र स्कुल शिक्षक पनि विद्यार्थीको घरमा गएर उसको म्यानर हेर्नुपर्ने व्यवस्था गर्दा विद्यालय र अभिभावकबिच कनेक्सन हुन्छ भन्ने उदेश्यले प्रयोगात्मकलाई पनि म्यानरसँग जोडेर हेर्नुपर्छ भन्ने विज्ञहरूको भनाई रहेको बताइन ।


पाठ्यक्रमलाई रिभ्यु गर्दा पाठ्यपुस्तकमा मात्रै सीमित नभएर पढेको मान्छेको व्यवहार कस्तो छ भन्ने पनि हेर्नु पर्ने उनको धारणा थियो । यसलाई पाठ्यक्रममा भन्दा पनि पढाउने तथा सिकाउने कुरामा शिक्षकहरूलाई तालिम दिने कुरामा आउनुपर्ने उनको भनाई थियो ।


हेर्नुहोस भिडियो