इसिडी शिक्षाको बिजोक छ : शिक्षाविद् कुसियैत

काठमाडौँ /४ असोज – शिक्षाविद् प्रा.डा विनयकुमार कुसियैतले नेपालमा इसिडी तहको बिजोक रहेको बताएका छन् । अहिले पनि ३० प्रतिशत बालबालिका इसिडीमा भर्ना नभई एकै पटक कक्षा एकमा भर्ना हुने गरेको उल्लेख गर्दै सो कुरा बताएका हुन् ।


पछिल्लो समय नतिजा खस्किदै गएको परिणाम इसिडी पनि रहेको तर्क गर्दै शिक्षामा गुणस्तर नहुनुको कारण औँल्याएका छन् । इसिडी भनेको सिकाई मात्रै नभई बालबालिकाको हरेक कुरा विकास गर्ने रहेको बताए । इसिडी विद्यालय भित्र र बाहिर पनि नरहेको बताउँदै दोहोरो मापदण्ड हटाउनु पर्ने उनको तर्क छ ।


उनले भने ‘नेपालमा इसिडीको बिजोक छ । सरकारकै तथ्यांक हेर्ने हो भने ३० प्रतिशत बालबालिका इसिडी विना एकै चोटी कक्षा १ मा भर्ना हुन्छन् । अनि त्यसबाट गुणस्तर कस्तो हुन्छ ? अहिले नतिजा बिग्रियो भन्छौँ त्यसैको परिणाम हो । इसिडी भनेको त बच्चाको हरेक कुरा विकास गर्ने होनि सिकाई मात्रै होइन सबै कुराको विकास हो । त्यसकारणले विद्यालयको भित्र पनि छैन बाहिर पनि छैन यो दोहोरो मापदण्ड हटाउनु पर्छ ।’


त्यसैगरी शिक्षामा लगानी नबढाएसम्म निःशुल्क शिक्षा दिन सम्भव नहुने धारणा व्यक्त गरेका छन् । सरकारले कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा विनियोजन गर्नुपर्ने बताउँदै स्थानीय तहले पनि लगानी वृद्धि गर्नुपर्नेमा जोड् दिए ।


७ सय ५३ वटा स्थानीय तह मध्ये ७ सय ३० वटा स्थानीय तहको अडिट रिपोर्ट हेर्दा एभरेजमा १.५ प्रतिशत मात्रै लगानी गरेको बताए । सरकारले वैकल्पिक इनोभेसन स्रोतहरू खोजेर भएपनि शिक्षामा लगानी वृद्धि गर्नुपर्ने उनको भनाई छ ।


उनले भने ‘हामीले भन्दा समाजबादोन्मुख शिक्षा भन्ने, लगानी पनि गर्न नसक्ने, स्रोतहरूलाई पनि इनोभेटिभ फाइनान्सिङ पनि गर्न नसक्ने अनि कसरी हुन्छ ? संविधान बन्दा खेरी नै मैले भनेको थिए यो गलत हुन्छ है । बरु अहिले पनि ८ कक्षासम्म निःशुल्क शिक्षा बनाउ र एउटै शिक्षा हुने बनाउ दुई किसिमको शिक्षा हटाइ दिए हुन्छ । निजीतिर जान्छन भने निजीलाई पैसा दिने व्यवस्था गर्नुस तर व्यवस्थापकीय जिम्मा निजीलाई दिने सबै कन्ट्रोल सरकारले गरोस् यसरी गर्दा कक्षा ८ सम्म सम्भव छ, कक्षा १२ सम्म निःशुल्क शिक्षा सम्भव छैन ।’


हेर्नुहोस भिडियोमा