शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (सेट-३)

काठमाडौं/३० भदौं – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


विषयगत प्रश्नोत्तरहरु


तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. विशिष्टीकरण तालिका भनेको के हो ? यसको छोटो परिचय दिनुहोस् । यसको प्रयोग किन गरिन्छ ? उल्लेख गर्नुहोस् । ४+६


२. उपचारात्मक शिक्षण भनेको के हो ? हाल विद्यालयमा उपचारात्मक शिक्षणको अवस्था कस्तो रहेको छ र यसको उचित प्रयोग कसरी हुन सक्दछ ? उल्लेख गर्नुहोस् । ३+३+४


३. बौद्धिक अपाङ्गता भएका बालवालिकाहरुको पहिचान कसरी गर्न सकिन्छ ? उनीहरुलाई शिक्षणमा सहजीकरण गर्ने विधि लेख्नुहोस् । ५–५


४. स्थानीय पाठ्यक्रम भनेको के हो ? यसको निर्माण र कार्यान्वयनमा देखिएका समस्याहरु के के छन् ? समस्या समाधानका उपायहरु उल्लेख गर्नुहोस् । २+४+४


५. नेपालको संविधानमा व्यवस्था भएका कुनै ६ ओटा मौलिक हकको सूची तयार गरी कुनै एक मौलिक हकको कार्यान्वयन अवस्थाको समीक्षा गर्नुहोस् । ३+७


६. एउटा कक्षामा ३० जना विद्यार्थीहरु अध्ययनरत छन् । कालोपाटी कक्षाकोठाको भित्ताको एकापट्टि कुनाको माथिल्लो भागमा झुण्डयाइएको छ । पाटी शिक्षकले मुस्किलले भेट्छन्, विद्यार्थीले त्यसमा लेखिएको विषय सहजै देख्दैनन् । शैक्षिक सामग्री, सन्दर्भ सामग्रीहरु बुक कर्नरमा साँचो लगाएर सुरक्षित राखिएका छन् । डेस्क बेन्च प्रशस्त छन् । विद्यार्थीलाई बस्ने ठाउँसम्म पुग्न सजिलो छैन् । बाटो साँघुरो छ । झ्यालहरु खोल्न नमिल्ने गरी चुकुल ठोकेर राखिएको छ । यस्तो अवस्थाको कक्षाकोठामा तपाईं पढाउन जानुभयो । उल्लिखित सन्दर्भमा निम्न प्रश्नको जवाफ दिनुहोस् । २+३+५
(क) कक्षाकोठामा रहेका सवल पक्ष एवम् दुर्वल पक्षको समीक्षा गर्नुहोस् ।
(ख) कक्षाकोठाको मुख्य समस्या के पाउनुभयो ?
(ग) उल्लिखित समस्यालाई कसरी समाधान गर्नुहुन्छ ? योजना प्रस्तुत गर्नुहोस् ।


पुरा भिडियो यहाँबाट हेर्नुहोस