सिटिइभिटीका बारेमा गुनासो भए तत्काल जानकारी गराउन शिक्षा मन्त्रीको अपिल

काठमाडौँ/२७ भदौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सिटिइभिटीका सम्बन्धमा भएका गुनासो तत्काल जानकारी गराउन अनुरोध गरेकी छन् । बिहिवार सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै मन्त्री भट्टराईले सो अनुरोध गरेकी हुन् ।


सिटिइभिटीसँग सम्बन्धित सम्बन्धन, परीक्षा प्रमाणपत्र लगायतका काममा कार्यालयका प्रमुख, निर्देशक र कर्मचारीले अनावश्यक दबाब दिएको, काममा ढिलाइ गरेको र लेनदेन समेत गर्ने गरेको गुनासो प्राप्त भएकोले यदि कोही कसैबाट यस्तो भएको भए सप्रमाण मन्त्रालयमा जानकारी गराइ दिनुहुन अनुरोध गर्दछु“ मन्त्री भट्टराईले भनेकी छन् ।


साथै आफ्नो सचिवालयको इमेल [email protected] वा सिधै फोन नम्बर ९८४१५४९४२८, ९८४६२६१५३९, ९८५१३६२८४४, ९८५१३५९७८१ मा फोन गरेर जानकारी दिन सेवाग्राहीसहित आम जनसमुदायलाई आग्रह गरेकी छन् ।