प्राथमिक तह दोस्रो पत्रका परीक्षार्थीहरुका लागि विषयगत नमूना प्रश्नोत्तर

काठमाडौं/२८ भदौं-शिक्षक सेवा आयोग तयारीका लागि अन्तर्गत प्राथमिक तह दोस्रो पत्रका परीक्षार्थीहरुका लागि विषयगत नमूना प्रश्नोत्तरहरु (भिडियोसहित) दिइएको छ ।


१. कक्षाकोठा व्यवस्थापनको अवधारणा र कक्षाकोठाको वातावरणले बालबालिकाको सिकाइमा कस्तो प्रभाव पार्छ ? शिक्षामा गुणस्तर प्राप्त गर्नका लागि विद्यालय र समुदाय बीचको सम्बन्धले खेल्ने भूमिका लेख्नुहोस् । ५+५ = १०


२. (क) शिक्षकको शिक्षण प्रक्रियामा बालमनोविज्ञानको भूमिका महत्वपूर्ण हुने कुनै दुईवटा कारण लेख्नुहोस् । सिकाइ प्रक्रियामा स्मरण र विस्मरणको प्रभावलाई व्यवस्थापन गर्ने तरिका उल्लेख गर्नुहोस् । २+३ = ५


(ख) सिर्जनात्मक लेखनमा विद्यार्थीलाई वादविवाद र संवाद लेखन सिकाउँदा कुन–कुन विधिहरू प्रयोग गर्न सकिन्छ ? लेख्नुहोस् । ५


३. आधारभूत तहमा हाल प्रयोग भइरहेका शैक्षणिक प्रविधिहरूले शिक्षणमा पारेको प्रभावका बारेमा लेख्नुहोस् । प्राथमिक तहका विद्यार्थीको मूल्याङ्कनका लागि उपयुक्त विधिहरू उदाहरण सहित प्रस्तुत गर्नुहोस् । ६+४ = १०


४. कक्षा १ का विद्यार्थीहरुको भाषिक सीप शिक्षणमा शब्द भण्डार र पढाइ प्रवाह सुधार गर्ने तरिका बुँदागत रुपमा लेख्नुहोस् ? भाषिक सीप शिक्षणमा शब्द भण्डार र पढाइ प्रवाह सुधारलाई प्रभावकारी बनाउने उद्देश्यले कुन–कुन शिक्षण सिकाइ क्रियाकलाप र शैक्षिक सामग्रीको प्रयोग गर्नु पर्दछ ? ५+३+२ = १०


५. ‘हाम्रो सेरोफेरो’ पाठ्यक्रमको अवधारणाले कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई आफ्नो वरपरको समाज र वातावरणबारे कसरी ज्ञान दिएको छ ? कक्षा ३ को हाम्रो सेरोफेरो पाठ्यव्रmमबाट कुनै एक पाठ योजना तयार गर्नुहोस् । ५+५ = १०


६. How to teach listening and speaking skills to class 3 students? Write at least two teaching learning activities for each skill. Write a way to assess students’ achievement in listening and speaking skills. 4+2+4=10


७. (क) आधारभूत तहमा गणित सिकाउने शिक्षक भएको नाताले प्रविधिहरूको प्रयोग गरेर र प्रविधिको प्रयोग नगरी शिक्षण गर्दा विद्यार्थीहरुको बुझाइमा पाइने भिन्नता लेख्नुहोस् । प्रविधिको प्रयोग गरी कक्षा १–३ का विद्यार्थीहरूलाई अंकगणित सिकाउने तरिका लेख्नुहोस् । ३+२ = ५


(ख) कुनै वस्तुको मूल्य रु १००० छ भने, यदि त्यसमा २०% छुट दिइन्छ भने छुट पश्चात् मूल्य कति हुन्छ ? कक्षा ५ मा अध्ययन गर्ने विद्यार्थीलाई प्रतिशत सिकाउँदा आउने समस्या समाधान कुन विधिबाट गर्दा प्रभावकारी हुन्छ ? २+३ = ५


८. जीव भन्नाले के बुझिन्छ ? जनावर र विरुवामा हुने प्रजनन प्रक्रियाको भिन्नता लेख्नुहोस् ? जनावर र विरुवामा हुने प्रजनन प्रक्रियाको मूल्यांकन गर्न तीनवटा प्रश्न तयार गर्नुहोस् । २+५+३ = १०


९. व्यक्तिगत र वातावरणीय सरसफाइको महत्व के रहेको छ ? घर, विद्यालय र खेल मैदानमा हुने दुर्घटनाहरूको प्राथमिक उपचारको आवश्यकता र दुर्घटनाबाट बच्ने उपायहरू वर्णन गर्नुहोस् । ३+४+३ = १०


१०. स्थानीय पाठ्यक्रम भनेको के हो ? स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा देखिएका समस्याहरु र तिनका समाधानका उपायहरु के के हुन सक्छन् ? लेख्नुहोस् । २+३+३ = १०


बाँकी प्रश्नोत्तरका लागि यहाँबाट भिडियो हेर्नुहोस