विद्यालय कर्मचारी परिषद्को रसुवा जिल्ला कार्यसमिति गठन

रसुवा/२२ भदौं – नेपाल विद्यालय कर्मचारी परिषद्को रसुवा जिल्ला कार्यसमिति गठन भएको छ । सूर्य बहादुरर तामाङको अध्यक्षतामा नेपाल विद्यालय कर्मचारी परिषद्, जिल्ला कार्यसमिति गठन भएको हो ।


नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रीय कार्यसमितिका अध्यक्ष गंगाराम तिवारी र बागमती प्रदेश समितिका अध्यक्ष रामशरण फुयाँलको उपस्थितिमा कार्य समिति गठन गरिएको छ ।


उक्त कार्यक्रममा नेपाल शिक्षक महासङ्घका जिल्ला अध्यक्ष वसन्त पौडेल, नेपाल शिक्षक संघका सचिव केशव रिजाल,नेपाल राष्ट्रिय शिक्षक संगठनका कोषाध्यक्ष नवराज घिमिरे,एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रदेश सदस्य केशव पौडेल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला इन्चार्ज गुणराज पौडेल लगायतको उपस्थिति रहेको थियो ।