काठमाडौं/२८ साउन – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ सात गणित शिक्षण अन्तर्गत ज्यामितिबाट नमूना विषयगत प्रश्नोत्तरहरु (भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै यस सामग्रीको पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ्यक्रम : समतलीय चित्रहरु त्रिभुज, चतुर्भुज र वृत्त सम्बन्धी ज्ञान तथा समस्या समाधान
नमुना प्रश्नोत्तरहरु
१. आधारभूत तहका विद्यार्थीहरूलाई गणित विषय अन्तरगत ज्यामिति विषयको शिक्षणमा सूचना तथा सञ्चार प्रविधि (क्ष्ऋत्) को प्रयोग गरी सिकाइ उपलब्धि अभिवृद्धि गर्ने तरिकाहरू उल्लेख गर्नुहोस् । कक्षा ४ को ज्यामितिको कुनै एउटा पाठ शिक्षणका लागि नमुना पाठयोजना तयार गर्नुहोस् । ४+६=१० (आयोगबाट तयार गरिएको नमुना प्रश्नपत्र २०७८)
२. त्रिभुज भन्नाले के बुझिन्छ ? प्राथमिक तहमा त्रिभुजका बारेमा विद्यार्थीलाई बुझाउनका लागि कस्ता विधिहरू प्रभावकारी हुन सक्छन् ? लेख्नुहोस् । निम्न प्रश्नहरुको समाधान गर्नुहोस् । प्रश्न र उत्तर भिडियोमा दिइएको छ ।
३. चतुर्भुज भनेको के हो ? समानान्तर चतुर्भुज र आयतका विशेषताहरू उल्लेख गरी यी दुईका बीचको भिन्नता स्पष्ट गर्नुहोस् । प्राथमिक तहमा चतुर्भुजका बारेमा विद्यार्थीलाई बुझाउनका लागि कस्ता विधिहरू प्रभावकारी हुन सक्छन् ? लेख्नुहोस् । निम्न प्रश्नहरुको समाधान गर्नुहोस् । प्रश्न र उत्तर भिडियोमा दिइएको छ ।