काठमाडौं/२८ समउन – डा. मुकुल ढकालले शिक्षा क्षेत्रमा नर्सरीदेखि पिएचडीसम्म क्यालेन्डरको पालना हुनु अति आवश्यक रहेको प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सुझाव दिएका छन् । सोमबार बिहान प्रधानमन्त्री ओलीलाई भेटेर उनले शिक्षामा क्यालेण्डर लगायत १५ बुँदे सुझाव दिएका हुन ।
शिक्षा प्रणालीलाई रोजगार मुखी, वैज्ञानिक बनाउनु पर्ने चुनौती त छँदै छ, त्यसका साथै शिक्षा क्षेत्रमा नर्सरीदेखि पिएचडीसम्म क्यालेन्डरको पालना हुनु अति आवश्यक छ । यसका लागी दण्ड सजाय, क्षतिपूर्ति एवं प्रोत्साहनको नीति अवलम्बन गरी शिक्षा क्षेत्र अनिवार्य रूपमा क्यालेन्डरमा चल्ने गरी कार्य योजना अघि बढाउनु पर्ने उनको सुझाब छ ।
साथै संविधान संशोधन, प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टचार र बेथिति नियन्त्रण, मिटरव्याज पीडितका समस्या, अस्पतालसम्म पुग्ने पिच रोड, सार्वजनिक खरिद ऐनमा सुधार, न्यायालय सुधार र आइटी हबका रुपमा नेपाल लगायतका १५ बुँदा समेटेको सुझाव बुझाएका हुन् ।
ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीका तत्कालीन महामन्त्री हुन् ।



