काठमाडौँ /२३ साउन – सुमेधा स्कुलले अन्तर्राष्ट्रिय शिक्षा कार्यशाला सम्पनन गरेको छ । नेपालको राष्ट्रिय पाठ्यक्रमको उत्कृष्टता र यसलाई थप प्रगतिशील मोडालिटीमा कार्यान्वयन कसरी गर्न सकिन्छ भन्ने उदेश्यले कार्यशालाको आयोजना गरिएको थियो ।
एलीन एमयूलाई शिक्षण सिकाइमा आफ्नो विशेषज्ञता प्रदान गर्न प्रमुख स्रोत व्यक्तिको रूपमा कार्यशालामा आमन्त्रित गरिएको थियो । उनी लिटिल पर्ल नर्सरी, अल ऐन अबुधाबीकी प्रिन्सिपल हुन । साथै विशेष गरी पूर्व प्राथमिक र प्राथमिक तहबाट बेलायतको राष्ट्रिय पाठ्यक्रम ढाँचाको उत्कृष्ट अभ्यासहरूको बारेमा चर्चा गरेकी थिइन ।
प्रभावकारी रूपमा शिक्षकहरूले मात्र कक्षाकोठामा रूपान्तरण गर्न सक्छन् र शिक्षकहरूलाई प्रगतिशील र स्रोत साधन कक्षाको मोडेलको प्रदर्शन गरी प्रत्येक विद्यार्थीको सिकाइलाई सहयोग पु¥याउन सिकाउने, स्रोतहरू कसरी ड्रिएट गर्ने भन्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको सुमेधा स्कुलकी संस्थापक निर्देशक लजिता शर्माले बताइन् ।
३५ भन्दा बढी विद्यालयका करिब दुई सय शिक्षक, संयोजक र प्रधानाध्यापकको सहभागिता रहेको थियो । एभरेस्ट इङ्लिस स्कुलका प्रिन्सिपल भक्तराज भण्डारी र उपप्राचार्य कमलाराज भण्डारीले कार्यक्रमको उद्घाटन समारोहमा शिक्षण सिकाईलाई उत्कृष्ट बनाउन र शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न यस्ता कार्यशालाको आवश्यक पर्ने धारणा राखेका थिए ।
त्यसैगरी कार्यशालाले शिक्षकहरूको सिकाइ कौशल विकासको यात्रामा कोसे ढुङ्गा साबित हुने जयपुर इङ्लिस स्कुलका प्राज्ञिक निर्देशक तथा कार्यशालाका अतिथि वक्ता पुरुषोत्तम ढुङ्गेलले बताए ।
कार्यक्रमले कसरी कम लागत र निःशुल्क शिक्षण स्रोतहरू सिर्जना गर्ने भन्ने तरिकाहरू प्रदान गरेको छ , जसले विद्यालयहरूलाई विद्यार्थी केन्द्रित सिकाइ वातावरण सिर्जना गर्न मद्दत गर्नेछ, सेतो गुराँस एनसीडी नेपालका संयोजक तथा प्रशिक्षार्थी प्रकाश रेग्मीले भने ।
कार्यशालामा सहभागी एलिट ग्रान्ड स्कुलका प्रिन्सिपल एस.के थपलियाले यस्ता कार्यशालाहरूले अघिल्लो सिकाइ र ज्ञानलाई ताजा र परिमार्जन गर्न निकै उपयोगी हुने भएकोले आफैँ दुबै दिनको कार्यशालामा सहभागी भएको बताए ।
प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका शिक्षा विभाग प्रमुख पुष्पराज ढकालले सबैले उत्कृष्ट शिक्षाशास्त्रको सिद्धान्तमा मात्र नभई उनीहरूको दृष्टिकोण र कार्य भावनालाई व्यावहारिक रूपमा पनि प्रयोग गर्नु पर्नेमा जोड् दिए ।
कार्यशाला सञ्चालनका गर्न एग्रो कोप काठमाडौँ, क्युएफएक्स सिनेमा र क्याथरीन ब्यटिफेशन नक्सालले सहयोग गरेका थिए ।



