सेट-७ : प्राथमिक तहका लागि विषयगत नमूना प्रश्नोत्तर

काठमाडौं/१२ साउन – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ दुईः बाल मनोविज्ञान अन्तर्गत पूर्व वाल्यावस्था तथा उत्तर वाल्यावस्थाबाट नमूना विषयगत प्रश्नोत्तरको (भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यव्रmम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ्यक्रम : परिचय, विकासात्मक कार्य, विशेषताहरु, शारीरिक र संवेगात्मक परिवर्तन तथा प्रभाव, रुचिहरु, संकटहरु, पूर्व र उत्तरवाल्यावस्थाका विद्यार्थीको सुरक्षित विकासमा शिक्षक र अभिभावकको भूमिका ।


अभ्यासका लागि सम्भावित प्रश्नोत्तरहरु
१. पूर्व बाल्यावस्थाका विशेषताहरु उल्लेख गर्दै यसले सिकाइमा पार्ने सकारात्मक प्रभावबारे विवेचना गर्नुहोस् । (वि.सं. २०७९ सालको परीक्षामा सोधिएको)


२.पूर्व वाल्यावस्थाको विकासात्मक कार्यहरु के के रहेका छन् ? पूर्व वाल्यावस्थामा हुने शारीरिक, संवेगात्मक र संज्ञानात्मक परिवर्तनले बालबालिकाको समग्र व्यक्तित्व विकासमा पर्ने प्रभावहरूको चर्चा गर्नुहोस् ।


३.उत्तर वाल्यावस्थाको प्रमुख विशेषताहरु के–के रहेका छन् ? यस समयमा बालबालिकामा देखिने संवेगात्मक तथा सामाजिक विकासका परिवर्तनहरूका बारेमा लेख्नुहोस् । यी परिवर्तनहरूले बालबालिकाको भावनात्मक सन्तुलन र सामाजिक सम्बन्धमा कसरी असर पार्न सक्छ ?


४.पूर्व वाल्यावस्थाका विद्यार्थीहरूको सुरक्षित विकासमा शिक्षक र अभिभावकको भूमिका के रहेको हुन्छ ? विद्यालय र घरमा प्रदान गरिनुपर्ने वातावरण र सहायता सन्दर्भमा व्याख्या गर्नुहोस् । बालबालिकाको सकारात्मक विकासलाई प्रोत्साहित गर्न शिक्षक र अभिभावकले के–कस्ता रणनीतिहरू अपनाउन सक्छन् ? लेख्नुहोस् ।


५.उत्तर वाल्यावस्थामा बालबालिकाले सामना गर्नुपर्ने कस्ता चुनौतीहरू रहेका हुन्छन् ? शिक्षक र अभिभावकले बालबालिकाहरुका चूनौतिहरूलाई समाधान गर्नका लागि गर्नु पर्ने क्रियाकलाप लेख्नुहोस् ।


६.पूर्व र उत्तर वाल्यावस्थाका बालबालिकाहरूमा रुचिहरू कसरी विकास हुन्छन् ? बालबालिकाको व्यक्तिगत रुचिहरूको पहिचान र प्रोत्साहन गर्न शिक्षक र अभिभावकले कसरी सहयोग गर्न सक्छन् ? यसले बालबालिकाको दीर्घकालीन विकास र जीवनका विभिन्न पक्षमा कसरी सकारात्मक प्रभाव पार्न सक्छ ? लेख्नुहोस् ।


प्रश्नोत्तरको लागि हेर्नुहोस भिडियो