काठमाडौं/११ साउन – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ दुईको बाल मनोविज्ञान अन्तर्गत मानव वृद्धि र विकासबाट नमूना विषयगत प्रश्नोत्तरको (भिडियोसहित) दिइएको छ । यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै यस सामग्रीको पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ्यक्रम : वृद्धि र विकासको अवधारणा, मानव विकासका विशेषताहरु र मानव विकासका चरणहरु ।
अभ्यासका लागि सम्भावित प्रश्नोत्तरहरु
१. मानव वृद्धि र विकासको अवधारणा बारेमा व्याख्या गर्नुहोस् । यस अवधारणामा आधारित भएर वृद्धि र विकासबीचको मुख्य भिन्नता के रहेको छ ? लेख्नुहोस् ।
२. मानव विकासका चरणअनुसारका मुख्य विशेषताहरु के के रहेका छन् ? विशेषताहरुको बारेमा लेख्नुहोस् ।
३. मानव विकासका चरणहरुको नाम लेख्नुहोस् । प्रत्येक चरणको प्रमुख विशेषताहरु र यसमा हुने महत्वपूर्ण परिवर्तनहरु बारे वर्णन गर्नुहोस् ।
४. प्रारम्भिक बाल्यावस्था र उत्तरबाल्यावस्थामा मानव विकास कसरी फरक हुन्छ ? यी दुई चरणमा हुने शारीरिक, मानसिक र सामाजिक विकासका मुख्य पक्षहरुको वर्णन गर्नुहोस् ।



