सुमनाको ओलीलाई जवाफ : तपाइँको शिक्षकले तपाइँकै पार्टीको सिद्धान्त पढाए मात्र हो

काठमाडौँ /२१ असार – शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्छु भनेर मैले फाइल अगाडि बढाउदा सरकारनै परिवर्तन गर्न खोजेको बताएकी छन् । उनले नेकपा एमाले कोपी शर्मा ओलीलाई प्रश्न गर्दै सरकार परिवर्तन गरेको बताएकी हुन् ।


श्रेष्ठले सामाजिक सञ्जाल मार्फत ओलीले शिक्षकले राम्रो नपढाउदा एसईईको नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिएकोमा पनि आपत्ति जनाएकी छन् ।


उनले लेखेकी छन् “आदरणीय केपि बा, शिक्षकले राम्रो नपढाउदा एसईईको नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ । अनि राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्छु भनेर मैले फाइल अगाडि बढाँउदा सरकारनै परिवर्तन गर्न खोज्ने । तपाइँको शिक्षकले तपाइँकै पार्टीको सिद्धान्त पढाए मात्र हो अब ।”