काठमाडौँ /५ असार – विनियोजन विधेयक, २०८१ अन्तर्गत शिक्षा मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आज प्रतिनिधि सभा बैठकमा जवाफ दिने भनिएपनि बैठक स्थगीत भएको छ ।
संघीय संसद् सचिवालयका अनुसार बुधबार अपराह्न बस्ने दोस्रो बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले जवाफ दिने कार्यसूची तय भएको र विशेष कारणले बैठक स्थगीत भएपछि अर्को बैठकमा जवाफ दिने कार्यसूची रहेको जनाएको छ ।