निजी विद्यालयका शिक्षक,कर्मचारीको पेसागत सुरक्षाका लागि लागेका छौँ : शिक्षा मन्त्री

काठमाडौँ /४ असार – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले निजी विद्यालयका कर्मचारी र शिक्षकको पेसागत सुरक्षाका लागि कानुनी व्यवस्था कार्यान्वयन गर्न सर्कुलर जारी गरिएको बताएकी छन् । मंगलबार शिक्षा मन्त्रालयको जिम्मेवारी समालेको सय दिन पुगेको सन्दर्भमा सञ्चारकर्मीहरूसँगको संवादमा श्रम मन्त्रालयसँग समन्वय गरी कानुनी व्यवस्था कार्यान्वयन गर्न सर्कुलर जारी गरिएको बताएकी हुन् ।


उनले धेरै सामुदायिक विद्यालयका शिक्षकहरूको मात्रै कुरा भईरहेको बताउँदै निजी विद्यालयमा कार्यरत शिक्षकहरूको ठुलो गुनासो रहेको बताइन । ती शिक्षकहरू दुई तीन पटक आफूसँग भेट्न आएको उनीहरूले नियुक्ति पत्र नपाउने गरेको बताइन । साथै शिक्षकहरूको गुनासोका आधारमा निजी विद्यालयहरूलाई सर्कुलर जारी गरिएको र श्रम मन्त्रालयसँग समन्वय गरेर अगाडी बढ्ने तयारी गरिरहेको बताइन ।