डिप्लोमा/प्रमाणपत्र तहको नियमित/आंशिक परीक्षाको परीक्षा केन्द्र निर्धारण

काठमाडौँ /२३ जेठ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा/प्रमाणपत्र तहको नियमित/आंशिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । २०८१ बैशाख ०४ गते प्रकाशित डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन फाराम भर्ने बारेको सूचना बमोजिम तेस्रो वर्ष प्रथम खण्डको नियमित/आंशिक परीक्षाको केन्द्र निर्धारण गरेको हो ।


परिषद्का आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षालयहरूमा डिप्लोमा इन इन्जिनियरिङ तर्फका कार्यक्रमहरू, होटल म्यानेजमेन्ट, फुड एन्ड डेरी टेक्नोलोजी, सोसियल वर्क्स, इन्टरप्रेनरसिप डेभलपमेन्ट र कृषि ( बाली विज्ञान र पशु विज्ञान) तथा प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम र विपन्न÷प्राविधिक शिक्षामा पहुँच नपुगेका पालिका) अन्तर्गत डिप्लोमा इन सिभिल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ (स्पेसलाइजेसन इन हाइड्रोपावर), अटोमोवाइल इन्जिनियरिङ, जियोमेटिक्स इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, रेफ्रिजेरेसन एन्ड एयरकन्डिसनिङ, इन्फर्मेसन टेक्नोलोजी, फुड एन्ड डेरी टेक्नोलोजी, होटल म्यानेजमेन्ट, इन्टरप्रेनरसिप डेभलपमेन्ट तथा कृषि (बाली विज्ञान र पशु विज्ञान) कार्यक्रमको परीक्षाका लागि केन्द्र सिनर्धारण गरिएको परिषद्ले जनाएको छ ।


साथै २०८० साल वैशाख महिनामा भर्ना भई अध्ययनरत डिप्लोमा इन एग्रिकल्चर ( प्लान्ट साइन्स र एनिमल साइन्स), डिप्लोमा इन सिभिल, बायोमेडिकल, सिभिल (स्पेसलाइजेसन इन हाइड्रोपावर), जियोमेटिक्स इन्जिनियरिङ कार्यक्रम प्रथम वर्ष दोस्रो खण्डका नियमित परीक्षा समेत २०८१ बैशाख ३० गते प्रकाशित परीक्षा तालिका बमोजिमका सम्पूर्ण परीक्षाहरू २०८१ जेठ ३१ गते बिहान ७ः०० बजेदेखि सञ्चालन हुने सैद्धान्तिक परीक्षा सम्बन्धित परिषद्, प्रदेश कार्यालयको सिफारिसमा परीक्षा केन्द्रहरू कायम गरिएको जनाएको छ ।


परीक्षा केन्द्रको विस्तृत विवरण www.ctevtexam.org.np मा हेर्न सकिनेछ ।